नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

२०८३ असार ४, बिहीबार

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह-प्रायोजकको रूपमा सहकार्य गरेको छ। यस सहकार्यअन्तर्गत विश्वकपका खेलहरू हिमालय स्पोर्ट्स टिभी तथा DIGO App मार्फत प्रसारण गरिनेछन्।

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले विश्वकै लोकप्रिय खेल महोत्सव फिफा विश्वकपसँग जोडिन पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताउनुभयो। उहाँले यस सहकार्यले नेपाली दर्शकलाई विश्वकपको रोमाञ्च अझ नजिकबाट अनुभव गराउनका साथै नेपाल लाइफको ब्राण्डलाई खेलप्रेमीहरूसँग थप सशक्त रूपमा जोड्ने विश्वास व्यक्त गरे।

नेपाल लाइफ र हिमालय स्पोर्ट्सबीचको यो सहकार्यले नेपालका फुटबल समर्थकमाझ विश्वकपको उत्साह थप बढाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार