नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलमा पहिरो

२०८३ श्रावण १८, सोमबार

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित भएको छ ।

हाल सो सडकमा एकतर्फी मात्र यायातात सेवा सञ्चालित छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिए ।

थप ढुङ्गा नझरे पहिरो पन्छाउन केही समय लाग्ने उहाँले जानकारी दिए । यो सडक पहिरोका जोखिममा रहेकाले यात्रा गर्दा सावधानीपूर्वक गर्न निरीक्षक थापाले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार