बागमतीका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री बज्राचार्यले लिए शपथ

२०८३ श्रावण १९, मंगलवार

मकवानपुर : बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।प्रदेश प्रमुखको कार्यालयमा मंगलबार (आज) आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बज्राचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। उनले नेपाल भाषामा शपथ लिएका थिए।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा हाम्रो नेपाली पार्टी (हानेपा) का संसदीय दलका नेता बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरिएको हो। यसअघि उक्त मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी बिनु रायमाझी पौडेलले पदबाट राजीनामा दिएपछि बज्राचार्यलाई मन्त्री बनाइएको हो।

बज्राचार्यको शपथसँगै हानेपा औपचारिकरूपमा बागमती प्रदेश सरकारमा सहभागी भएको छ। अल्पमतमा रहेका मुख्यमन्त्री बानियाँले विश्वासको मतको तयारी गरिरहेका बेला हानेपाको सरकार प्रवेशलाई बागमतीको सत्ता राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

बागमती प्रदेश सभामा नेपालको दुई सिट छ। मन्त्री बज्राचार्य काठमाडौँ ८ (१) बाट निर्वाचित सांसद हुन्। यसअघि तत्कालीन नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा उनी संस्कृति तथा पर्यटन मन्त्री बनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार