काठमाडौं : नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीका आकाङ्क्षी जगन्नाथ थपलिया अस्वस्थ भएपछि काठमाडौँस्थित वीर अस्पतालमा भर्ना भएका छन् ।
उच्च रक्तचाप र मधुमेहको मात्रा बढेपछि उनलाई चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले जानकारी दिए ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा प्रदेश सरकार गठन र मुख्यमन्त्री चयनबारे छलफल चलिरहेका बेला थपलिया अचानक अस्वस्थ भई बेहोस भएका थिए ।



