सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ : आङ्देम्बे

२०८३ श्रावण १९, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीलगायत मधेश क्षेत्रमा भएका घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक समिति गठन गर्न माग गरे। उनले नागरिकको ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्दै सरकारलाई प्रश्न गरेका छन्।

‘सुनसरी, सिराहा, धनुषा र पर्सालगायतका जिल्लामा भएका घटना र त्यसक्रममा सरकारले नागरिकको ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? भन्नेबारेमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यसबारे सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्छ र घटनाको जिम्मा लिनुपर्छ,’ उनले भने।

उक्त घटनाहरूमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्दै आङ्देम्बेले क्षति भएको सम्पत्तिको यकिन गरी क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार