काठमाडौं : चलचित्र ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक भएको छ ।
टिजरमा आकर्षण, प्रेम, विश्वास, विवाह, बाध्यता र धोका समेटिएको छ । टिजरले बाध्यता वा धोकाबीचको विवाहलाई संकेत गरेको छ ।
भदौ २६ गते रिलिज हुने चलचित्रमा कलाकार मदनकृष्ण श्रेष्ठ, दील श्रेष्ठ, पूर्वमिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा छन् । ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रमा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् ।
ध्रुव लम्सालको पटकथा लेखन रहेको चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्नेछ । चलचित्रमा सुदीप बरालको छायांकन रहेको छ ।





