चलचित्र ‘टनेल २६’को टिजर सार्वजनिक

२०८३ श्रावण ३१, आईतवार

काठमाडौँ : चलचित्र ‘टनेल २६’को टिजर सार्वजनिक गरिएको छ ।

टिजरमा अनुपविक्रम शाही, आना शर्मा, संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी लामो, जामयाङ तेन्पा, फुन्छो किनरब, चेन्चो लामा, केजाङ काज, त्सेकी वाङ्दी, काया ग्येल्त्सेन, नामगे डीजे, जिग्मे कार्लोस, चाब्लोप पासु, उग्येन दोर्जी लगायतका कलाकार देखिएका छन् ।

भारतीय फिल्म मेकर प्रशान्त कुमार गुप्ता र भुटानका चर्चित अभिनेता संगय छेल्ट्रिमको समेत निर्माण सहकार्य रहेको फिल्म साङ्गे शेल्ट्रिम फिल्म्स र पिक एक्सभी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मका लेखक तथा निर्देशक डीडी किन्ले हुन् । मूल रूपमा भुटानको राष्ट्रिय भाषा ‘जोङ्खा’मा निर्माण भएको यो फिल्म नेपाल, भुटान तथा भारतका कम्पनीहरूको संयुक्त निर्माण हो ।

डोरजिग्स प्रोडक्सन, रेल्टिक पिक्चर्स, डोमसिप र रोलिङ इमेज पिक्चर्सको निर्माणमा बनेको फिल्मका कार्यकारी निर्माता दोर्जी वाङ्चुक र क्रिएटिभ निर्माता प्रदीप खड्का हुन् । निर्माण पक्षले फिल्मलाई अक्टोबर महिनामा रिलिज गर्ने तयारी गरेको छ।

तीनै देशका प्राविधिक तथा कलाकारहरू रहेको यो फिल्म हलसँगै भारतको प्रतिष्ठित ओटीटी प्लेटफर्ममा समेत रिलिज गरिनेछ। फिल्मको छायांकन दीर्घ गुरुङ र साङ्गे टी. तेन्जिङले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार