काठमाडौैं : २०८२ सालको व्यवसायिक हिट चलचित्र ‘ऊनको स्वीटर’को दोस्रो श्रृंखला बन्ने भएको छ । आयोजित इन्फा अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड समारोहमा दोस्रो श्रृंखला बन्ने जनाइएको हो ।
शीर्षक ‘कलेजी ऊनको स्वीटर’ राखिएको छ । सन् २०२७ मा प्रदर्शन लक्ष्य राखिएको फिल्मको छायांकन दशैंपछि सुरु हुने जनाइएको छ । नवीन चौहानको पटकथा, निर्देशनमा बन्ने फिल्ममा शीर्ष कलाकार विपिन कार्की र मिरुना मगर दोहोरिने पक्का भएको छ । उनीहरूसहित एलेक्स विश्वकर्मा र परीक्षा लिम्बुको पनि अभिनय हुनेछ ।
भारतीय अभिनेता पियूष मिश्रा पनि फिल्ममा देखिने सो अवसरमा जनाइयो । ‘ऊनको स्वीटर’ले नेपालमा १० करोड ६२ लाख रुपैयाँ ग्रस कमाएको चलचित्र विकास बोर्डको बक्सअफिसमा उल्लेख छ ।





