काठमाडौं : सञ्चारकर्मी तथा सर्जक बासुदेव पोखरेलको शब्द सिर्जनामा तयार भएको नयाँ तीज गीत ‘रेलिमै घुमौँला फिरम्ला’ सार्वजनिक भएको छ ।
नेपाली मौलिक तीज संस्कृति, लोकपरम्परा र पर्यटन प्रवर्द्धनलाई एउटै सांगीतिक यात्रामा प्रस्तुत गर्ने उद्देश्यका साथ गीत सार्वजनिक गरिएको हो । रमेशराज भण्डारी, खुमन अधिकारी र अपेक्षा गिरीको स्वर रहेको गीतमा बासुदेव पोखरेलको शब्द तथा रमेशराज भण्डारीको लय रहेको छ ।
तीज गीतलाई केवल मनोरञ्जनमा सीमित नराखी नेपालको प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको प्रचार-प्रसार गर्ने गीत तयार गरिएको स्रष्टाहरूको भनाइ छ ।
गीतको शब्दमा गुल्मीको रेसुङ्गा, धुर्कोट दरबार, बागलुङको कालिका ढोरपाटन, पोखरा, चितवन, इलाम र काठमाडौं लगायत देशका प्रमुख पर्यटकीय गन्तव्यलाई समेटिएको छ ।





