स्पेनिस ला लिगा : बेटिसको विजयी सरुवात

२०८३ भाद्र ६, शनिबार

काठमाडौँ : स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल बेटिसले रियल सोसिडाडलाई १–० गोल अन्तरले पराजित गर्दे विजयी सरुवात गरेको छ।

सेभिल्लामा भएको खेलमा पहिलो हाफमा दुवै टिमले गोल गर्न प्रयास गरे पनि कुनै गोल नभएपछि गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफको ६३ औँ मिनेटमा बेटिसका रोड्रिगो रिक्वेल्मे गोल गर्दे खेलमा १–० को अग्रता दिलाएका थिए। त्यसपछि खेलमा दुवै तर्फ बाट थप गोल हुन नसकेपछि बेटिस विजयी हुदैँ महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो।

ला लिगामा आज राति दुई खेल हुनेछन्। आज राति हुने खेलमा एथलेटिक क्लबले सेभिल्ला तथा भ्यालेन्सियाले सेल्टा भिगोको सामना गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार