काठमाडौँ : नवप्रवेशी कोभेन्ट्री सिटीलाई हराउँदै साविक विजेता आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार सुरुवात गरेको छ।
गएराति सुरु प्रिमियर लिगको पहिलो खेलमा आर्सनलले कोभेन्ट्रीलाई ३–० को फराकिलो अन्तरले हराएको हो। एमिरेट्स स्टेडियममा आर्सनलको जितमा काई हाभर्टज र बुकायो साकाको गोलमा टोलीले पहिलो हाफमै अग्रता बनाएको थियो। फेरि दोस्रो हाफको सुरुवातमै कप्तान मार्टिन ओडेगार्डले गोल थपेपछि साविक विजेता आर्सनलले सिजनको पहिलो खेलमा सहज जित हासिल गरेको हो।
यही सिजन आर्सनलमा अनुबन्ध भएका मिडफिल्डर ब्रुनो गुइमारेसले चोटका कारण आफ्नो पहिलो खेल गुमाएपनि क्रिस्टोस जोलिसले आफ्नो प्रभाव देखाए। सुरुवाती टोलीमा स्थान बनाएका हाभर्टजले रिकार्डो कालाफियोरीको लो क्रसलाई खेलको १५औँ मिनेटमा गोलमा परिणत गरेका थिए। खेलको २३औँ मिनेटमा साकाले अग्रता दोब्बर पारे।
ओडेगार्डले ४९औँ मिनेटमा गोल गर्दै ३–० को स्थितिमा पुर्याए। २५ वर्षपछि प्रिमियर लिगमा फर्किएको कोभेन्ट्रीले पहिलो खेलमै साविक विजेताको चुनौती सामना गरेको हो।






