प्रभासको इन्गेजमेन्टको तयारी, उनले घोषणा गरे बिहे गर्ने ठाउँ

२०८० जेष्ठ २५, बिहीबार

काठमाडौं : बलिउड अभिनेता प्रभास यतिबेला आफ्नो आगामी फिल्म ‘आदिपुरुष’ लाई लिएर चर्चामा छन्।

ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभाससँगै कृति सेनन, सैफ अली खान, सनी सिंहलगायत कलाकारको अभिनय छ। मंगलबार तिरुपतिमा एक कार्यक्रम गर्दै फिल्मको दोस्रो ट्रेलर सार्वजनिक गरिएको थियो। उक्त कार्यक्रममा प्रभासलाई बिहे कहिले गर्ने भनेर प्रश्न गरिएको थियो। जवाफमा प्रभासले भने, ‘बिहे! कुनै दिन तिरुपतिमा।’

केही समयअघि प्रभास र कृति प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो। तर अभिनेत्री कृतिले उक्त खबर झुटो रहेको बताएकी थिइन्।

उनीहरूको प्रेम सम्बन्धबारे वरुण धवनले ‘झलक दिखला जा’ को फाइनलमा उपस्थित हुँदा खुलासा गरेका हुन्। शोमा वरुण र कृति ‘भेडिया’ को प्रमोशनका लागि पुगेका थिए। उक्त शोमा वरुणले भनेका थिए, ‘कृतिको दिलमा जो मान्छे छ, उनी यतिबेला मुम्बईमा छैन। उनी दीपिका पादुकोणसँग फिल्मको छायांकनमा व्यस्त छन्।’

वरुणले प्रभासको नाम नलिए पनि उनले दिएको इसाराअनुसार प्रभासको कुरा गरिरहेका छन् भन्ने प्रष्ट हुन्छ। किनकी त्यतिबेला प्रभास दीपिकासँग फिल्म ‘प्रोजेक्ट के’ मा काम गरिरहेका थिए। वरुणको यस बयानपछि प्रभास र कृति इन्गेजमेन्टको तयारीमा रहेको खबर समेत बाहिरिएको थियो।

प्रभास र कृतिले ‘आदिपुरुष’ मा पहिलो पटक स्क्रिन सेयर गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार