कालिकोट जिप दुर्घटना : श्रीमान् श्रीमतीको घटनास्थलमै मृत्यु

२०८० जेष्ठ २५, बिहीबार

सुर्खेत : कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीय मनकुमारी शाही रहेका छन् । उनीहरु श्रीमान् श्रीमती हुन् ।

ग ३ च ४६१० नम्बरको उक्त गाडी रास्कोट नगरपालिका– २ सेराचौर बसपार्कबाट ब्याक गर्ने क्रममा दुर्घटना भएको हो । यद्यपि घटनाको अनुसन्धान भइरहेको कालिकोट प्रहरीले जानकारी दियो । यस्तै घटनामा रिताकुमारी शाही गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार