वर्षापछि सेती प्रादेशिक अस्पतालसहितका क्षेत्र जलमग्न

२०८० आश्विन ८, सोमबार

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण सेती प्रादेशिक अस्पताल, पार्कमोडलगायतका क्षेत्र जलमग्न भएका हुन् ।

अस्पतालका वार्डहरुमा वर्षाको पानी पसेपछि बिरामीहरुलाई सास्ती भएको हो । त्यस्तै सडक निर्माणको कार्य भइरहेको मुख्य सडकमा पानी निकास नहुँदा हिलाम्य हुनुका साथै जलमग्न भएका छन् । जसका कारण आवातजावातमा समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार