

काठमाडौं : सरकारले चाडपर्वलाई लक्षित गरेर असोजको तेस्रो सातादेखि सुपथ पसल सञ्चालन गर्ने भएको छ ।
दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुुमार ठाकुुरले तेस्रो सातादेखि सुुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।
चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सुुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । गोरखापत्र