धनगढी बजार क्षेत्र डुबानमा, अस्पतालको वार्ड पनि जलमग्न

२०८० आश्विन ८, सोमबार

धनगढी : अविरल वर्षाका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी डुबानमा परेको छ । सेती प्रादेशिक अस्पतालको वार्ड समेत जलमग्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार सेती अस्पतालको प्रसूति वार्ड र शल्यक्रिया कक्षमा पानी पसेको छ । वार्डमै पानी पसेपछि बिरामी र तिनका आफन्तलाई समस्या भएको छ । आइतबार रातिदेखिको अविरल वर्षाका कारण धनगढी बजार क्षेत्रका एलएन चोक, विशालनगर, हसनपुर क्षेत्र जलमग्न भएका छन् ।

पानीको निकास नहुँदा धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, ३ र ४ मा बढी डुबान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार