पाँचखाल जोरपाटी माविका प्रअसहित दुई शिक्षक पक्राउ

२०८० पुष ९, सोमबार

काभ्रे: विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा दुई जना शिक्षक पक्राउ परेका छन् । पाँचखाल नगरपालिका तीनपिप्ले स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरुङ र मावि शिक्षक मच्छेनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले कक्षा ९ मा अध्ययनरत १५ वर्षीय छात्रालाई पटक–पटक यौन दुर्व्यवहार गरेको खुलेको छ । घटना बाहिरिएपछि अभिभावक र विद्यार्थीले विद्यालयमा दोषीलाई कारवाहीको माग गर्दै नाराबाजी गरेका थिए  ।

कार्तिक ११ गते छात्रालाई बनेपाको एक होटलमा बोलाई शिक्षकहरुले जवरजस्तीकरणी गरेका थिए । पक्राउ परेका दुवै शिक्षकलाई जिल्ला प्रहरी कार्यालय काभ्रे ल्याइएको प्रहरी प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जनाकारी दिएका छन्  । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार