नवलपुरमा घाँस काट्न गएका सासु-बुहारीको बाघको आक्रमणबाट मृत्यु

२०८० पुष ९, सोमबार

नवलपुर : नवलपुरमा बाघको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । साथीहरुसँग घाँस काट्न गएका उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाँस दाउरा लिन आइतवार दिउँसो जंगल गएका उनिहरू अवेरसम्म पनि घर नफर्केपछि खोजी गर्ने क्रममा बाघको आक्रमणमा परेको अवस्थामा भेटिएको थियो ।

मृत्यु हुनेमा सासु ५९ वर्षकी मनादेवी पौडेल र बुहारी २८ वर्षकी बिष्णु पौडेल छन् । घटनामा थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जनाएको छ ।

उनीहरुको शव सडकबाट एक किलोमिटर भित्र विनयी सामुदायीक वनमा फेला परेको हो । गाउँले र प्रहरीको सहयोगमा राती खोजी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार