मन्त्रिमण्डल पुनर्गठन : गृह र अर्थ मन्त्रालय साटफेरको तयारी!

२०८० पुष ९, सोमबार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको तयारी थालेका छन्। उनले सत्ता गठबन्धनभित्रैका दलहरुको सहमतिमा मन्त्रालय अदलबदल गर्दै मन्त्रीहरु हेरफेरको तयारी गरेका छन्।

अहिले सत्तासीन कांग्रेसले लिएको अर्थ मन्त्रालय माओवादी आफैंले सम्हाल्ने र कांग्रेसले गृह मन्त्रालय लिने आन्तरिक तयारी थालिएको स्रोतले जनाएको छ।

मुलुकको अर्थतन्त्र संकटमा रहेकाले त्यसको नेतृत्व आफ्नै दलले लिने प्रधानमन्त्रीको तयारी छ। उनले गृह कांग्रेसलाई दिएर अर्थ मन्त्रालय आफूले लिने प्रस्ताव कांग्रेससमक्ष राखेको स्रोतको दाबी छ।

शुक्रबार मोरङको मिक्लाजुङमा माओवादीले आयोजना गरेको आमसभामा पार्टी अध्यक्ष समेत रहेका दाहालले त्यसको संकेत गरिसकेका थिए। उनले पुस १० पछि मन्त्रिमण्डल हेरफेर गरेर अघि बढ्न तयार रहेको बताएका थिए।

प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेसले सहमति जनाएपछि केही दिनमै मन्त्रिमण्डल पुनर्गठन हुन लागेको हो। उनले आफ्नो पार्टी र कांग्रेसका केही मन्त्रीहरु र मन्त्रालय पनि परिवर्तन गर्न लागेका हुन्।

स्रोतका अनुसार माओवादीले अर्थ मन्त्रालय लिएमा उपमहासचिव वर्षमान पुनलाई मन्त्री बनाउन प्रधानमन्त्री दाहाल इच्छुक रहेका छन्।

अहिले सत्तासीन कांग्रेसले लिएको अर्थ मन्त्रालय माओवादी आफैंले सम्हाल्ने र कांग्रेसले गृह मन्त्रालय लिने आन्तरिक तयारी थालिएको छ।

माओवादीबाट उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका नारायणकाजी श्रेष्ठलाई पार्टी सञ्चालनको भूमिका दिनेगरी दाहालले सरकारबाट फिर्ता गर्ने आन्तरिक तयारी गरिरहेको एक माओवादी नेताले बताए।

ती माओवादी नेताका अनुसार पछिल्लो समय धार्मिक समुदायमाथिको उपेक्षित अभिव्यक्तिले विवादिन बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सदन किरातीलाई फिर्ता बोलाउने प्रबल सम्भावना छ ।

अहिले सरकारको नेतृत्व गरेको माओवादीका उपप्रधानमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्री रहेका छन्। किराती र उपप्रधानमन्त्री श्रेष्ठबाहेक अन्य बाँकी मन्त्रीहरु यथावत रहने ती माओवादी नेताको दाबी छ।

उता, कांगे्रसबाट गृहमन्त्रालय पाए त्यसको जिम्मेवारी रमेश लेखकलाई दिने सभापति शेरबहादुर देउवाको आन्तरिक तयारी रहेको स्रोत बताउँछ। लेखक गत निर्वाचनमा कञ्चनपुर ३ बाट निर्वाचित भएका हुन्।

सरकारमा कांग्रेसको नेतृत्व गर्दै उपसभापति पूर्णबहादुर खड्काले उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। अहिले कांग्रेसबाट सरकारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्कासहित ६ जना सहभागी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार