किन चिलाउँछ शरीर ?

२०७९ फाल्गुन २९, सोमबार ११:०७ बजे

काठमाडौ : मानिसको शरीर बाहिरी र भित्री गरी दुईवटा कारणले चिलाउँछ । भित्री कारणमा रगतको खराबीले गर्दा धेरै चिलाउने समस्या उत्पन्न भएको हुनसक्छ । त्यसैगरी कलेजो, मिर्गौला र थाइराइड आदिको समस्याका कारण पनि शरीर चिलाउने समस्या देखा पर्नसक्छ । कसैकसैलाई जन्डिसको समस्यामा पनि शरीर अत्याधिक चिलाउने हुन्छ ।

बाहिरी कारणमा जाडो मौसममा शरीर सुख्खा भई चिलाउने हुन्छ । यसका लागि नरिवलको तेल, जैतुनको तेल र बडी लोसन प्रयोग गरी छालालाई बढी सुख्खा हुनबाट बँचाउनु पर्छ । त्यसैगरी कपडाको कारण पनि शरीर चिलाउने हुन्छ । महिलाहरुलाई कस्मेटिक एलर्जी कारणले पनि चिलाउने समस्या देखा पर्नसक्छ ।

बाहिरी प्रदूषणहरु जस्तै धुलो, धुवाँ, विभिन्न ग्यास र कार्य क्षेत्रको वातावरणले पनि चिलाउने समस्या उत्पन्न हुन्छ । कसैलाई लुतोको कारण पनि धेरै चिलाउने समस्या देखिन्छ । यस्ता समस्या भएकाले दिनहँु नुहाएर छाला सफा राख्नुपर्छ । डावर नआई चिलायो भने यसको जाँच तुरुन्तै गराउनु पर्छ । बाहिरी कारणमा त्यसको कारणबाट बच्नु नै उत्तम उपाय हो । यदि भित्री समस्याका कारण गर्दा समस्या देखिएमा उपचार गर्नुपर्छ ।

एलर्जीका कारण चिलाउने समस्या भएमा कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । कसै कसैलाई भान्सामा प्रयोग गरिने बस्तुका कारण पनि एलर्जी हुन सक्छ । जस्तै धनियाँको पात, लसुन, कफी आदि । शल्यक्रिया गर्दा मानिसको शरीर कमजोर भएको हुन्छ । यस्तो अवस्थामा प्रयोग गरिने एन्टीसेप्टिक लोसन वा सलायन पानीका कारणले गर्दा पनि कहिले काहिँ शरीर चिलाउने हुन्छ । शरीर चिलाउने समस्यामा बच्ने प्रमुख उपाय भनेको चिलाउने कारण पत्ता लगाएर त्यसबाट बँच्नु पर्छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार