मलिका महतसँग जोडी बाँध्दै नायक पल शाह

२०७९ फाल्गुन २९, सोमबार १३:०७ बजे

नायक पल शाह जेलबाट बाहिर निस्किएको एक साता बढी भयो । फागुण १५ गते अदालतबाट सफाई पाएपछि पल जेलमुक्त भएका थिए । यसपछि, उनी परिवारसँग समय बिताइरहेका छन् ।

तर, पलले जेलबाट निस्किएर लामो समय ब्रेक लिने मुड भने बनाएका छैनन् । पलले केही दिनमा नै जेलबाट निस्किएपछिको पहिलो भिडियोको छायांकन गर्दैछन् ।

श्रोतका अनुसार, पलले पहिलो भिडियो नायिका तथा मोडल मलिका महत्तसँग खेल्ने तयारी गरेका छन् । वुझिएअनुसार, पलकै युट्युब च्यानलबाट यो गीत सार्वजनिक हुनेछ ।

यसपछि, पलले गायिका अनिता चलाउनेको म्यूजिक भिडियोमा काम गर्ने तयारी गरेका छन् । यसका लागि महिला मोडलको खोजीमा गायिका चलाउने लागिरहेकी छिन् ।

पलले फिल्ममा पनि आफूलाई व्यस्त राख्ने तयारी गरेका छन् । यसका लागि उनको विभिन्न निर्माण टिमसँग कुराकानी भैरहेको वुझिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार