राष्ट्रपति भएपछि पौडेलद्वारा पहिलो नियुक्ति

२०७९ फाल्गुन २९, सोमबार १७:४८ बजे

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शपथसँगै पदभार ग्रहण गरेकै दिन सोमबार सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका छन्।

सोमबार शीतल निवासमा शपथग्रहण गरेपछि पदभारका क्रममा पौडेलले पहिलो नियुक्तिमा हस्ताक्षर गरेका हुन्।

लम्साल हाल इजिप्टका लागि राजदूतको जिम्मेवारीमा छन्। उनैलाई मोरोक्कोका लागि गैरआवासीय राजदूतको जिम्मेवारुी दिइएको हो।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत श्री सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छु,’ राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले भनेका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार