न्यू डायमण्ड र पुलिस उपाधिका लागि भिड्ने

२०७९ पुष ३०, शनिबार १५:५४ बजे

काठमाडौँ : सातौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधिका लागि न्यू डायमण्ड एकेडेमी र नेपाल पुलिस क्लब क्लब भिड्ने भएका छन्।

त्रिपुरेश्वरस्थित कर्भडहलमा शनिबार भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै साविक विजेता डायमण्डले पुलिस क्लबसँगको भेट पक्का गरेको हो।

पहिलो सेट २५–१७ ले गुमाएको डायमण्डले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५–१९ ले आफ्नो पक्षमा पारेको थियो। तेस्रो सेटमा आर्मीलाई २५–१६ ले हराएको डायमण्डले चौथो सेटमा २५–१८ ले आर्मीलाई पाखा लगाएको हो।

यसअघि आजै भएको महिलातर्फको पहिलो सेमिफाइनलमा साविक उपविजेता एपीएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले फाइनलमा स्थान पक्का गरेको थियो।

प्रतिस्पर्धात्मक खेलको पहिलो सेमिफाइनलमा पुलिस क्लबले एपीएफलाई ३–२ को सेटमा हराएको हो। पहिलो सेटमा २५–१५ ले आफ्नो पक्षमा पारेको पुलिस क्ललबे दोस्रो सेट १७–२५ ले गुमाएको थियो।

तेस्रो सेट पनि २१–२५ ले गुमाएको पुलिस क्लबले चौथो सेटमा २५–२१ ले जित्दै खेलमा पुनरागमन गरेको थियो। पाँचौ तथा अन्तिम सेटमा १५–७ ले एपीएफलाई हराउँदै पुलिस क्लबले फाइनलमा स्थान पक्का गरेको हो।

पुरुषतर्फको सेमिफाइनल खेल पनि आजै हुँदैछन्। फाइनल खेल आइतबार हुने छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार