म्यानचेस्टर डर्बीमा युनाइटेडको रोमाञ्चक जित

२०७९ पुष ३०, शनिबार २१:०७ बजे

काठमाडौं : इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर डर्बी भिडन्तमा युनाइटेडले सिटीमाथि २-१ गोलको पुनरागमन जित निकालेको छ।

शनिबार भएको खेलमा सिटीले ६० मिनेटमा ग्रेलिसको गोलबाट अग्रता लियो। युनाइटेडका लागि फर्नान्डेजले ७८ र रास्फोर्डले ८२ मिनेटमा गोल गरे।

ओल्ड ट्राफोर्डमा भएको नाटकीय डर्बीमा म्यानचेस्टर सिटीले वैकल्पिक खेलाडी ज्याक ग्रेलिसले केभिन डे ब्रुइनको क्रसमा हेड गरेपछि अग्रता लिएको थियो।

खेल सकिन १२ मिनेट बाँकी रहँदा विवादास्पद शैलीमा युनाइटेडले बराबरी गोल गर्यो। किनभने अफसाइड स्थितिमा मार्कस रास्फोर्डको उपस्थितिको बाबजुद ब्रुनो फर्नान्डेजले गोल गर्दा सिटीले बिरोध गरेको थियोे।

चार मिनेटपछि वैकल्पिक खेलाडी एलेजान्ड्रो गार्नाचोको क्रसमा रास्फोर्डले गोल गरे।

लिग शीर्ष स्थानको आर्सनल र सिटीबीच ५ अंकको अन्तर छ। आर्सनलको १७ खेलबाट ४४ अंक र सिटीको १८ खेलबाट ३९ अंक छ। युनाइटेड ३८ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार