नेपाली यु–२० महिला टोली स्वदेश फिर्ता

२०७९ फाल्गुन ३०, मंगलवार १०:३७ बजे

काठमाडौं : एएफसी यु–२० महिला नेपाली टोली आज स्वदेश फर्किएको छ । एसियन कप छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको नेपाली टोली आज राती २ बजे स्वदेश फर्किएको हो । टोलीलाई अखिल नेपाल फुटबल (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए ।

समूह बी मा रहेको नेपाल दुई खेलमा शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा रहेर दोस्रो चरण प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा प्यालेस्टाइन र दोस्रो खेलमा नर्दन मारियाना आइसल्यान्डमाथि समान ६–० को जित निकाल्दै स्वदेश फर्किएको हो । युएईले नाम फिर्ता लिएपछि समूह बी मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइसल्यान्ड मात्र प्रतिस्पर्धामा थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार