पूर्वाधार विस्तारमा चिनियाँ लगानीको आवश्यकता छ : प्रधानमन्त्री दाहाल

२०७९ फाल्गुन ३०, मंगलवार ११:१२ बजे

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको पूर्वाधार विस्तारमा चिनियाँ लगानीको अपेक्षा रहेको बताएका छन्। पूर्वाधार विस्तारमा चिनियाँ सहयोग रहदै आएको बताउदै अति कम विकसित राष्ट्रबाट नेपाल स्तोरोन्ति हुँदै गरेको सन्दर्भमा पूर्वाधार विस्तारको आवश्यकता रहेको बताए।

मंगलबार नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेडले आयोजना गरेको नेपाल चाइना विजनेश फोरममा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले चीन नेपालको लागि दोस्रो ठूलो व्यापार साझेदार र प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामा पहिलो राष्ट्र रहेको भन्दै नेपाल चीनको आर्थिक सम्बन्ध थप मजबुत बनाउनु पर्ने बताए। उनले नेपाल र चीन बिचको व्यापारमा असन्तुलन बढी भएकोमा चिन्ता व्यक्त गरे।

नेपालमा लगानी विस्तार गर्नको लागि चिनियाँ लगानी कर्तालाई प्रधानमन्त्री प्रचण्डको आग्रह छ। उनले सरकारले लगानीलाई प्रोत्साहन गरेको, लगानीमा राष्ट्रियता नहेरेको, लगानी मैत्री कननुनहरू रहेको भन्दै नेपालमा लगानी गर्न आग्रह गरे। ऊर्जा, उत्पादनमुलक उद्योग तथा खानी क्षेत्रमा लगानी गरेर लाभ उठाउन सक्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार