राष्ट्रपतिलाई भेटेर धनराजले भने- सवारीका बेला जनतालाई दु:ख नहोस्

२०७९ चैत्र १, बुधबार १४:२६ बजे

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। आज शितल निवास पुगेर उपसभापति गुरूङले राष्ट्रपति पौडेललाई बधाई तथा शुभकामना दिएका हुन्।

गुरूङले राष्ट्रपतिको सवारीमा सर्वसाधारण जनतालाई दु:ख हुन नहुने बताए। ‘राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दु:ख दिने विगतको परम्परालाई तोड्न सुझावसमेत दिइयो,’ उपसभापति गुरूङले भने।

सवारीका बेला जनतालाई दु:ख दिने पक्षमा आफू नरहेको पनि राष्ट्रपति पौडेलले बताएको उनको भनाइ छ। गत फागुन २५ गते पौडेल राष्ट्रपति निर्वाचित भएका थिए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार