एनआरटीलाई हराउँदै मनाङ तेस्रो स्थानमा उक्लियो

२०७९ चैत्र १, बुधबार २०:२४ बजे

काठमाडौं : मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीलाई ३-१ ले पराजित गरेको छ ।लगातार चौथो खेलसम्म अपराजित मनाङ सिजनको दोस्रो जितपछि अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ ।

दशरथ रंगशालमा भएको खेलमा मनाङ लागि दुई विदेशी खेलाडीले गोल गरे । रोशन राना मगरले ३९औं मिनेटमा गोल गर्दै मनाङलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । सायीदजमोल दाभ्लातजोनोभले ६८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मनाङको अग्रता दोब्बर पारे ।

कोफी टिमोथी कोउडोले ८७औं मिनेटमा गोल गरेपछि मनाङले ३-० को अग्रता बनाएको थियो । जारी लिगमा रोशन र साउदी जमोलको यो दोस्रो गोल हो भने टिमोथीले पहिलो गोल गरेका हुन् ।

एनआरटीका लागि अशोक थापाले इन्जुरी टाइममा एक गोल फर्काए । जितछि चार खेलबाट ८ अंक जोड्दै मनाङ तेस्रो स्थानमा उक्लेको छ र उसले शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड र दोस्रो स्थानको सातदोबाटो युथ क्लबसँग अंकदूरी १ मा झारेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार