प्रमुख प्रतिपक्षी दलको नेतामा नेमकिपाको दाबी

२०७९ माघ २, सोमबार ११:३१ बजे

काठमाडौं : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रमुख प्रतिपक्षी दलको नेतामा दाबी गरेको छ । पहिलो, दोस्रो, तेस्रोदेखि दशौं स्थानसम्मको दलले सरकारलाई विश्वासको मत दिएको उल्लेख गर्दै नेमकिपाका सांसद प्रेम सुवालले आफूहरु एघारौं ठूलो दल भएको भन्दै विपक्षी दलको नेतामा दाबी गरेका हुन् ।

‘नियम अनुसार नै नेमकिपा प्रमुख प्रतिपक्षी दलको नेता हो । नियमावली मिच्ने कार्य हुनुहुँदैन’ सुवालले भने, ‘कानुन बनाउने थलो संसदले नियम मिच्दैन भन्ने विश्वास छ। केही गरी गलत बाटोमा लाग्यो भने विपक्षी दलको नेता माग्दै अदालत जान बाध्य हुन्छौं ।’

४ मंसिरमा सम्पन्न आम चुनावबाट संसदमा १२ वटा दलले प्रतिनिधित्व जनाएका छन् । त्यसमध्ये १० वटा दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका छन् । प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार