विश्वकप लिग २ : युएईविरुद्ध बलिङ गर्दै नेपाल

२०७९ चैत्र २, बिहीबार ०८:५१ बजे

काठमाडाैँ : आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो निर्णायक खेलमा नेपालले युएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वसिमले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको छ ।

नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउने योजनामा छ । लिग २ मा नेपाल ३५ खेलमा ३८ अङ्क सहित तालिकाको चौथाे स्थानमा छ । युएई ३५ खेलबाट ३३ अङ्क सहित तालिकाको छैटौँ स्थानमा छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार