बढ्यो सुनचाँदीको मूल्य

२०७९ चैत्र २, बिहीबार १०:४५ बजे

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख ६ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १३ सय ५ रूपैयाँ कायम भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार