सन्दीपको बलमा मुहम्मद वसिम आउट

२०७९ चैत्र २, बिहीबार ११:०५ बजे

काठमाडौं : स्पिनर सन्दीप लामिछानेले फेरि एकपटक नेपाललाई महत्वपूर्ण ब्रेक थ्रु दिलाएका छन् । खतरनाक अन्दाजमा खेलिरहेका यूएईका कप्तान मुहम्मद वसिमलाई उनले एलविडब्लु धरापमा पारे ।

सन्दीपको बलिङमाथि वसिम हावी हुन खोजिरहेका थिए । उनले सन्दीपमाथि दुईवटा विशाल छक्का पनि लगाएका थिए । तर, अन्तिम जित सन्दीपको भएको छ । १६ औं ओभरको दोस्रो बलमा उनले वसिममाथि बदला लिए ।

आउट हुनुअघि वसिमले केवल ४९ बलमा ६३ रन बनाए । उनको इनिङमा ६ छक्का र दुई चौका सामेल थिए । वसिमको महत्वपूर्ण विकेटसँगै नेपाल खेलमा फर्किएको छ । यसअघि महंगा बनिरहेका सन्दीपले पनि आफ्नो लयमा फर्किएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार