पानीले भरिएको गुफामा कैयौं दिनसम्म बाँचेका यी बालककाे दुःखद निधन

२०७९ चैत्र २, बिहीबार १२:२२ बजे

काठमाडौँ : थाइल्याण्डको एउटा गुफामा सन् २०१८ मा १२ बालबालिका फसेका थिए । संसारभरका गोताखोर र उद्धारकर्मीहरू यी बालबालिकालाई बचाउनअगाडि आए।

जब यी १२ बालबालिका सकुशल गुफाबाट बाहिर निस्किए, कतिपयले यसलाई चमत्कारका रूपमा लिए र बच्चाहरू बाँचेको खुशी मनाए। तर अब, झण्डै पाँच वर्षपछि, यी १२ बालबालिकामध्ये एक डुआङ्पेच प्रोम्थेपको मृ’त्यु भएको छ।

प्रोम्थेपको बेलायतमा नि’धन भएको हो । गत वर्ष मात्र प्रोमथेप बेलायतको फुटबल एकेडेमीमा भर्ना भएका थिए । प्रमथेप प्रशिक्षकसँगै थाइल्याण्डको गुफामा फसेको फुटबल टोलीका कप्तान थिए ।

उद्धार टोली यी बालबालिकालाई बचाउन गुफाभित्र पसेपछि टर्च बाल्दा प्रम्थेपको अनुहार देखिएको थियो । यो तस्बिर त्यो घ’टनाको एउटा यादगार तस्बिर थियो । प्रोम्थेपको मृ’त्युको कारण भने खुल्न सकेको छैन । यो मृ’त्युलाई अहिले शंकास्पद आँखाले नदेखेको प्रहरीले जनाएको छ ।

थाइल्याण्डमा प्रकाशित केही रिपोर्टमा प्रोमथेपको टाउकोमा चोट लागेको बताइएको छ । प्रम्थेपलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । गत वर्ष अगस्टमा, प्रोमथेपले इन्स्टाग्राममा सेयर गरे कि उनी बेलायतको फुटबल एकेडेमीमा भर्ना भएका थिए र छात्रवृत्ति पाएका थिए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार