पहिलो ओभरमै नेपालले गुमायो विकेट , नेपाली समर्थकमा स्तब्धता

२०७९ चैत्र २, बिहीबार १४:०३ बजे

काठमाडौं : यूएईविरुद्ध ३११ रनको किर्तिमानी लक्ष्य पाएको नेपालले खराब सुरुवात गरेको छ । भरपर्दा ओपनर आसिफ शेख शून्यमा नै आउट भएका छन् ।

पहिलो ओभरको तेस्रो बलमा नेपालले विकेट गुमाएको हो । यूएईका स्पिनर आयन अफजल खानलाई ठूलो सट हान्ने चक्करमा आसिफ विकेट पछाडि क्याच हुन पुगे । नेपाली समर्थकमा स्तब्धता छाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार