महिलाको रेकर्डमा पुरुष उडाएपछि निगमका कर्मचारी कारबाहीमा

२०७९ चैत्र ७ मंगलवार

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले पुरुष यात्रुलाई महिलाको रुपमा रेकर्ड राखेर उडानमा सहभागी गराउने नेपाल वायुसेवा निगमका कर्मचारीहरुलाई निलम्बन गरेको छ। 

सोमबार ताप्लेजुङ–काठमाडौं उडानको क्रममा उक्त कार्य भएको पाइएपछि प्राधिकरणले संलग्न कर्मचारीलाई कारबाही गरेको हो। 

प्राधिकरणका अनुसार तोकिएभन्दा बढी तौल लिएर उडानमा सहभागी गराएको समेत पाइएकाले उडानमा संलग्न क्रु, फ्लाइट डिसप्याचर र ताप्लेजुङ एयरपोर्टका ग्राउन्ड स्टाफलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको हो। 

पछिल्ला केही दिनयता प्राधिकरणले उडान अनुगमन र कैफियत भेटिए तत्काल कारबाहीको शृंखलालाई तीव्रता दिएको छ। 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार