नेपालमा हेयर रिमुभ प्रविधिको विश्वासनीय ठाउँ आवरण स्कीन क्लिनिक

२०७९ माघ १०, मंगलवार १६:३६ बजे

काठमाडौं : अनावश्यक रौं (अनवान्टेड हेयर) पलाउने समस्या महिला वा युवतीमा मात्रै हुँदैन । यसबाट युवकहरु पनि पीडित भएको पाइन्छ । कतिपय महिला तथा किशोरीको अनुहारमा जुगाँको रेखा प्रष्टै देखिन्छ । यी रौं पुरुषको दाह्रि-जुगाँ जस्तो लामो नभएपनि महिलाको अनुहारमा यसरी अनावश्यक रौं पलाउनु अप्राक्रृतिक तथा अस्वभाविक देखिन्छ ।

अनिच्छित रौं (अनवान्टेड हेयर) पलाउने समस्या महिला वा युवतीमा मात्रै हुँदैन । यसबाट युवकहरु पनि पीडित भएको पाइन्छ ।कतिपय महिला तथा किशोरीको अनुहारमा जुगाँको रेखा प्रष्टै देखिन्छ । यी रौं पुरुषको दाह्रि-जुगाँ जस्तो लामो नभएपनि महिलाको अनुहारमा यसरी अनावश्यक रौं पलाउनु अप्राक्रृतिक तथा अस्वभाविक देखिन्छ ।

धैरैजसो महिलाको शरीरमा असामान्य ठाँउहरुमा जस्तै अनुहारमा दाह्रि-जुँगा देखिनु, स्थनको निप्पल वरिपरी रौं पलाउनु, हातखुट्टामा अनावश्यक भुत्ला देखिनु । यस समस्याबाट पीडित महिला, युवतीहरु शारीरिक एवं मानसिक तथा सामाजिक रुपले पनि पीडित भइरहेका हुन्छन् ।

यसरी महिलाको अनुहारमा पुरुषको जस्तो दाह्रि-जुँगा (रौं) पलाउनुलाई चिकित्सकीय भाषामा (हर्सुटिज्म) भनिन्छ । यस किसिमको समस्याबाट प्राय: एसियाली र अफ्रिकी मुलुकका महिला एवं युवतीहरु बढी पीडित भएको देखिन्छन् ।

शरीरमा अनावश्यक रौं आउँनाले कतिमय महिलाहरु खुलस्त रुपमा बहिरी क्रियाकलापहरु गर्न सकिरहेका हुँदैनन् । छाला रोग विशेषज्ञ डा. रुपक घिमिरेका अनुसार महिलाहरुमा अनावाश्यक रौं आउनु भनेको पुरुषको हर्मोन बढी भएकाले हो । अनावश्यक रुपमा राैँ आएकै कारण मानिसहरु चिन्तित हुनुका साथै डिप्रेसनमा पर्ने गरेका पनि छन् ।

शरीरमा आउने अनावश्यक रौं हटाउने लेजर हेयर रिमुभ प्रविधिको प्रयोग गर्न सकिने डा. घिमिरे बताउँछन् । सिलेक्टिवफोटोथर्मोलेसेस भन्ने प्रविधिबाट शरीरमा भएको अनावश्यक रौं हटाउने गरीन्छ । यो प्रविधिद्धारा रौं पलाउने कोषिकामा तातो दिई त्यस्लाई नष्ट गरीने डा. घिमिरे बताउँछन् ।

यो प्रक्रिया आवश्यक्ता अनुसार पटक पटक गर्नुपर्र्नेे छाला रोग विशेषज्ञहरुको भनाई छ । खर्चिलो भएपनि दीर्घकालीन असर नपर्ने प्रविधि प्रभावकारी हुने विशेषज्ञहरुको दावी छ ।

कारण-
१. महिलाको शरीरमा पुरुष हार्मोन्स– एन्ड्रजन बढी भयो भने यस्तो समस्या देखिन्छ । यो हार्मोनले ओठ लगायत महिलाको शरीर भरी नै असमान्य ठाऊँहरुमा अनावश्यक रौं पलाउँछ ।

२. वंशानुगत कारणले पनि अनावश्यक रुपमा रौं पलाउन गर्छ । यदि कसैको परिवारकमा यस किसिमको समस्या देखिएको थियो वा देखीन्छ भने त्यस परिवारका महिलामा बढिमात्रामा रौं पलाउने समस्या बढि नै दैखिन्छ ।

३. कुनै निश्चित औषधि (उपचार) लामोसमयसम्म प्रयोगको असरले पनि यो समस्या देखिन सक्छ ।

४. यस्तै महिलाहरुमा देखिने पोलिसाईटीक ओभरी सिन्ड्रोम (पिओएस) रोगको कारणले गर्दा पनि अनुहारमा रौं पलाउने गर्दछ ।

५. प्रसुति एवं स्त्रीरोगका कारण लामो समय अत्यधिक मात्रामा हार्मोन युक्त औषधि सेवन गरेपनि यो समस्या देखिन्छ । किनभने अचेल अधिकांश महिला तथा युवतीहरुमा अनियमित मासिक धर्मको समस्या देखिन थालेको छ ।

शरीरमा आउने अनावश्यक रौं हटाउने लेजर हेयर रिमुभ प्रविधिको प्रयोग गर्न छाला रोग विशेषज्ञ डाक्टरको लामो समय अनुभब र प्रविधि प्रभावकारी भएकाले आवरण नै राम्रो भन्न सकिन्छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार