
काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो राजनीतिको लक्ष्य नै राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व गराउनु रहेको बताएका छन्।
नेपाल जेसिसले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको मेरो राजनीतिक लडाइँ नै युवाहरूको भविष्यका लागि हो। अरू मेरो कुनै स्वार्थ छैन।’
उनले राजनीतिक स्थिरता र अवसरको अभावले युवाहरू विदेश पलायन भइरहेको पनि बताए। युवा शक्ति विदेश पलायन हुँदा देश विकासमा कठिनाइ भएको उनको भनाइ छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।