संयुक्त राष्ट्रसङ्घ प्रमुखले पेरुमा सङ्कट समाधान गर्न वार्ताको आह्वान

२०७९ माघ १२, बिहीबार १३:३२ बजे

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पेरुको वर्तमान सङ्कटलाई सम्बोधन गर्न अर्थपूर्ण र समावेशी वार्ताका लागि आह्वान गर्नुभएको छ ।

पेरुमा प्रदर्शन जारी रहँदा, महासचिवले हिंसाको थप वृद्धिबाट बच्न संयमता अपनाउन आग्रह गर्नुभयो र अधिकारीहरूलाई अन्तर्राष्ट्रिय मानवअधिकार कानूनको पालना गर्न आफ्नो आह्वान दोहो¥याउनु भएको गुटेरेसका प्रवक्ता स्टेफान डुजारिकले बुधबार एक विज्ञप्तिमार्फत जानकारी दिनु भएको छ ।

जीवन र सम्पत्तिको सम्मान गर्दै विद्रोहहरू शान्तिपूर्ण रूपमा हुनुपर्ने गुटेर्रेसले बताउनु भएको छ । आन्दोलनको क्रममा भएको मृत्युको सङ्ख्याबाट गुटरेस चिन्तित हुनु भएको र अधिकारीहरुलाई यी मृत्युहरुको तुरुन्त, प्रभावकारी र निष्पक्ष छानबिन गर्न र पीडितहरूलाई कलंकित हुनबाट जोगिन आग्रह गनु भएको विज्ञप्तिमा जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार