
काठमाडौँ : सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आईपिओ बिक्री खुला गरेको हो । यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकहरुको लागि आईपीओ निष्काशन गरेको थियो।
कम्पनीले कास्कीमा ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणका लागी निष्काशन गरेको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।