इलाम कारागारबाट भागेका कैदी पक्राउ

२०७९ चैत्र १७ शुक्रबार

इलाम : इलाम कारागारबाट बिहीबार भागेका कैदी पक्राउ परेका छन्। डाँका मुद्दामा अदालतले दोषि ठहर गरेका ३४ वर्षीय साइला भन्ने मनराज राईलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताए।

कैदी फरार भएपछि इलामका प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको नेतृत्वमा टोली खटिएको थियो। मनराजलाई इलाम नगरपालिका ९ र १० स्थित माइखोला दोबानबाट पक्राउ गरेको हो। उनलाई अहिले जिल्ला प्रहरी कार्यालय लगिएको छ।

राईलाई गएको कात्तिक १५ गते जिल्ला अदालत इलामले ८ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो। 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार