राजतन्त्र फर्काउने हल्ला व्यर्थ हो : नेता कार्की

२०८० माघ ९, मंगलवार

धनकुटा : पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले अब फेरि मुलुकमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् । उनले राणाशासन र पञ्चायतको अन्त्यपछि पनि ती व्यवस्था फर्काउने प्रयास भएजस्तै राजतन्त्र फर्काउने चर्चा व्यर्थको रहेको दाबी गरे ।

धनकुटामा कांग्रेसले गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेता कार्कीले आगामी पाँच वर्षसम्म अहिलेकै गठबन्धन सरकारले निरन्तरता पाउने बताए । ‘राजा ल्याऊ, देश बचाऊ भन्दै कराएको कता–कता सुनिन्छ, तर त्यो व्यर्थको कुरा हो, अब फेरि राजतन्त्र फर्काउने भनेको हिजो पञ्चायत र राणाशासन फर्काउने भनेजस्तै हो,’ कार्कीले भने, ‘अहिले जुन पाँच दलीय गठबन्धन छ, यो पाँचै वर्ष निरन्तर रहन्छ ।’

उनले कांग्रेसले नेतृत्व गरेका स्थानीय तहमा देखिने गरी काम गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार