चालक अनुमतिपत्रको ट्रायलमा नक्कली परीक्षार्थी, एकजना पक्राउ

२०८० माघ ९, मंगलवार

काठमाडौँ : चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा सहभागी एक जना तीनवटा प्रवेशपत्रसहित प्रहरीले भक्तपुरबाट नियन्त्रणमा लिएको छ। भक्तपुरको राधेराधेस्थित इजी ट्रायल सेन्टरबाट सोमबार दुईपाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परीक्षाका क्रममा ३ वटा प्रवेश पत्रसहित एक परीक्षार्थीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

इलामको चुलाचुली-४ घर भई हाल काठमाडौंको थली बस्दै आएका १८ वर्षीय सिजन पुरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पुरीले पहिलोपटक परीक्षामा अनुत्तीर्ण भई दोस्रोपटक अर्कै नक्कली प्रवेश पत्र लिएर परीक्षामा सहभागी भएको र पुन: परीक्षामा अनुत्तीर्ण भएकोमा तेस्रोपटक पनि नक्कली प्रवेश पत्र लिएर सहभागी हुने क्रममा पक्राउ गरिएको प्रहरीको भनाइ छ।

पुरीलाई आवश्‍यक अनुसन्धानका लागि प्रहरी वृत्त ठिमीमा पठाइएको र थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार