प्रधानमन्त्रीले योग्यलाई छोडेर त्रिवि उपकुलपतिको ‘सर्टलिष्ट’ बनाए : ओली

२०८० फाल्गुन २, बुधबार

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले योग्य जतिलाई छाडेर त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिको सर्टलिष्ट बनाएको आरोप लगाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले मेरिटोक्रेसीको कुरा गरेर गठबन्धनका लागि जस्तोसुकै अनुचित क्रियाकलाप गरिसकेका योग्य सावित नहुनेहरूलाई त्रिविको उपकुलपति बनाउन लागेको जिकिर गरेका हुन्।

बुधबार पार्टी निकट विद्यालय संगठन अनेरास्ववियुले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले दलीय आधारमा उपकुलपति हुँदैनन् भनेर भन्ने प्रधानमन्त्री दाहालले मेरिटोक्रेसीको नाममा ठाडै राजनीतिक दलको सेवा गरेर हिँड्नेहरूलाई त्रिवि उपकुलपतिमा सर्टिङ गरेको भन्दै आक्रोश व्यक्त गरे। उनले मेरिटोक्रेसीको नाममा त्रिवि उपकुलपति छनौटको विषयलाई प्रधानमन्त्रीले नाटकको रुपमा मञ्चन गर्ने काम गरेको समेत बताए।

‘प्रधानमन्त्रीजीले अस्ती नै २/४ पटक खोक्नुभयो। गज्जबसँग खोक्नुभयो। खोकेको भन्छन् के त्यसलाई। कुराले खोकेको नि। उहाँले खोक्नु भयो–अब विश्वविद्यालयमा मेरिटोक्रेसी लगाइन्छ। दलीय आधारमा हुँदैन भनेर। अहिले जुट सर्टलिष्ट उहाँहरुले बनाउनु भएको छ। योग्य जतिलाई छाड्नुभएको छ।’ अध्यक्ष ओलीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार