आज राति १२ बजेदेखि दुई राज्यमन्त्रीको पद रिक्त हुँदै

२०८० फाल्गुन २०, आईतवार

काठमाडौँ : वर्तमान सरकारका दुई जना राज्यमन्त्रीको पद रिक्त हुँदैछ । आज राति १२ बजेदेखि भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाई र शिक्षा राज्यमन्त्री प्रमीला कुमारीको पद रिक्त हुन लागेको हो ।

नेकपा एकीकृत समाजवादीकी चपाई र जनता समाजवादी पार्टीकी प्रमीला आज राती १२ बजेदेखि राष्ट्रिय सभा सदस्यबाट बिदाइ हुँदैछन् । मन्त्री हुनका लागि संघीय संसद्को सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार सांसद पदबाट हटेसँगै उनीहरूको राज्यमन्त्री पद पनि रिक्त हुन लागेको हो ।

नेपालको संविधानको धारा ७७ मा संघीय संसद्को सदस्य नभएको अवस्थामा प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने सम्बन्धी व्यवस्था गरिएको छ । जसमा सांसद पद नरहेकोको अवस्थामा मन्त्री पद रिक्त हुने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार