सपथ ग्रहणको समय सर्‍यो

२०८० फाल्गुन २३, बुधबार

काठमाडौं : आज विस्तार हुने मन्त्रिमण्डलको सपथ ग्रहण समारोह सरेको छ।

साँझ ५ बजे हुने भनिएको सपथ ग्रहण अब ५ः४५ बजे हुने भएको छ। प्रधानमन्त्रीको सचिवालयले राष्ट्रपति भवनमा समय सरेको जानकारी दिएको छ।

उता, ‘सर्त पुरा गरे मात्रै’ सरकारमा सहभागी हुन सक्ने निर्णय नेकपा एसले गरे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिखेर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाइ बालुवाटारमा कुरिरहेका छन्।

प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग कुराकानी गरे पछि मात्रै सपथ ग्रहण समारोहमा सहभागी हुन शितल निवास जानेछन्।

जसका कारण सचिवालय बैठक सकिने बितिक्कै नेकपा एसका अध्यक्ष उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल लिएर बालुवाटार हिडेका छन।

प्रधानमन्त्रीः पुष्पकमल दाहाल प्रचण्ड

नेकपा एमालेका मन्त्रीहरूः

रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

हरि उप्रेती, रक्षा

भगवति चौधरी, महिला बालबालिका

राजेन्द्र राई, खानेपानी

दामोदर भण्डारी, उद्योग

ज्वालाकुमारी साह, कृषि तथा सहकारी

बलराम अधिकारी, भूमि व्यवस्था

माओवादीका मन्त्रीहरू

नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

वर्षमान पुन, अर्थ

शक्ति बस्नेत, उर्जा

रेखा शर्मा, सुचना तथा सञ्चार

हितबहादुर तामाङ, संस्कृति तथा पर्यटन

रास्वपाका मन्त्रीहरू

रवि लामिछाने, उपप्रधान तथा गृह

डीपी अर्याल, श्रम तथा राेजगार

विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

सुमना श्रेष्ठ, शिक्षा तथा बिज्ञान

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
17
+1
0
+1
3
+1
10
+1
11
+1
4

ताजा समाचार