इलाम-२ मा मिलन लिम्बु बने रास्वपाका उम्मेदवार

२०८० चैत्र १५, बिहीबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ ।

प्रारम्भिक सूचीमा परेका ५ जनालाई उम्मेदवारी फिर्ता गराएसँगै लिम्बु सर्वसम्मत उम्मेदवार बनेका हुन् । लिम्बु स्वतन्त्र उम्मेदवारी दिने भनेर चुनाव प्रचारमा जुटिसकेका थिए भने रास्वपाले ‘प्राइमरी इलेक्सन’ गर्ने भन्दै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो । बुधबार लिम्बुलाई समावेश गरेर ६ जनाको नाम सार्वजनिक गरेको रास्वपाले बिहीबार उनलाई उम्मेदवार बनाएको छ ।

बिहीबार भएको छलफलमा सबैले लिम्बुलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको रास्वपा निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार