लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालक श्रेष्ठद्वारा सपथ ग्रहण

२०८० चैत्र १५, बिहीबार

काठमाडौं : लुम्बिनी विकास बैंक लि. सञ्चालक समितीद्वारा मिती २०८० साल फागुन ३० गते नियुक्त भएका स्वतन्त्र सञ्चालक जय देव श्रेष्ठ लाई संस्थाका अध्यक्ष चिन्तामणि भट्टराइले सपथ ग्रहण गराएका छन् ।

स्वतन्त्र सञ्चालक श्रेष्ठ ले त्रिभुवन विश्वविद्यालयबाट कानुन संकायमा स्नातक,एम.पि.ए. र एम.बि.ए. उपाधि हासिल गरेका छन् । उनले सरकारी निकायहरुको अधिकृत देखि सह–सचिव सम्मको उच्च पदमा रहि ३७ बर्ष भन्दा बढि सेवा गरेका थिए । साथै, उनले ऋण असुली न्यायाधिकरणमा लेखा सदस्यको जिम्मेवारी समेत सफलता पुर्वक निर्वाह गरेका थिए । उनको कार्यकालमा उनको अनुभवबाट बैंकले थप उन्नती, प्रगति गर्नेछ भन्ने विश्वास लिएको छ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत निक्षेप खाताहरुमा उच्चतम ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार