चर्चित अभिनेता गोविन्दा शिवसेनामा प्रवेश

२०८० चैत्र १५, बिहीबार

काठमाडौँ : हिन्दी फिल्मका चर्चित अभिनेता तथा कांग्रेस सांसद गोविन्दा बिहीबार शिवसेनामा प्रवेश गरेका छन्।

उनले मुम्बईमा राज्यका मुख्यमन्त्री एकनाथ शिन्दे र मिलिन्द देवराको उपस्थितिमा पार्टीको सदस्यता लिए। सो अवसरमा मुख्यमन्त्री शिन्देले उनलाई आफ्नो पार्टीको झण्डा प्रदान गर्दै अंगवस्त्र लगाइदिएर स्वागत गरे। गोविन्दालाई उत्तर पश्चिम मुम्बईको लोकसभा सिटबाट शिवसेना र एनडीएले उम्मेदवार बनाउन सक्ने बताइएको छ।

त्यसो भयो भने यो सिटमा उनले उद्धव ठाकरे समूहको शिवसेनाका अमोल कीर्तिकरसँग प्रतिस्पर्धा गर्नेछन्। गोविन्दा २००४ मा उत्तर मुम्बई लोकसभा सिटबाट सांसद बनेका थिए। त्यतिबेला उनले भाजपाका वरिष्ठ नेता राम नाइकलाई हराएका थिए। तर, सन् २००९ मा उनले राजनीतिबाट सन्न्यास घोषणा गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार