पिकअपको ठक्करबाट ग्याँस लोड गर्दै गरेका ट्रक चालकको मृत्यु

२०८० चैत्र १५, बिहीबार

धनकुटा : ग्यास लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको छ । धनकुटा नगरपालिका –६ स्थित कोल्डस्टोरमा बिहीबार पिकअप भ्यानले ट्रकलाई ठक्कर दिँदा ग्याँस लोड गर्दै गरेका ट्रक चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिराहाको गोलबजार घर भई धनकुटा –९ स्थित गुठियार बस्ने ३० वर्षीय निरज ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बिहीबार दिउँसो करिब साढे १ बजे सिधुवाबाट धनकुटा आउँदैगरेको बा प्र०१–०२६ च ८९९२ नम्बरको पिकअपले सडकमा रोकेर ग्यास लोड गर्दैगरेको बा प्र ०१–००६ ख ४६५२ नम्बरको ट्रकलाई ठक्कर दिँदा ग्याँस लोड गर्दैगरेका चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि पिकअप चालक धादिङको सिद्धलेख गाउँपालिका –३ का ३८ वर्षीय चेतबहादुर विशुँखे र पिकअपलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार