एसईईको प्रश्नपत्र वितरण भएको १० मिनेटमै बाहिरिएपछि…

२०८० चैत्र १६, शुक्रबार

काठमाडौं : एसईईको नेपाली विषयको प्रश्नपत्र बाहिरिएको छ। सिरहाको एक केन्द्रबाट परीक्षा सुरु भएको १० मिनेटपछि नै नेपाली विषयको प्रश्नपत्र बजारमा उपलब्ध भएको पाइएपछि छानबिन समेत सुरु भएको छ। जिल्ला शिक्षा र उक्त केन्द्र पर्ने स्थानीय तहले छानबिन सुरु गरेको हो।

चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्नपत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो। त्यहाँबाट तस्बिर खिचेर ह्वाटसएपमा छ्यापछ्याप्ती बनाइएको छ। परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन्। उनीहरूको हातहातमा आजको नेपाली विषयको प्रश्नपत्र पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार